Hi everybody welcome,Namaste thanks a lot and  for visit my site.I  am a simple guy born in one simple farmer family Dhampus village a part of Nepal country. Me and my small family living at United Kingdom at present.I like visit new place,make people heart touching with my lyrics songs music and I like to camera as well, I love so much my parent and  my beautiful village Dhampus as well, proudly I can say.Dhampus village is one of best tourist place. Dhampus is 1750 meter high level and 25 kilometer northwest from Pokhara city. 1 and half hour trek from baglung highway and also have motor road up to top village.You can see good view mountain from Dhampus village.

    Pokhara, besides being one of the major city of the Himalayan kingdom, NEPAL, is the place from where one can start the most exciting treks to the Annapurna region, which is seen hanging out in front of you as you enter the Pokhara. These mountains are just 30 - 40 km away from Pokhara... Trekking in Pokhara is very new and started only three decades ago. Annapurna was the first mountain in Nepal to be climbed in 1950, before Everest, which afterwards attracted the people from all over the world. After the successful climb of the Annapurna the attention of the world came to Pokhara as its scenic beauty couldn't be overlooked. Pokhara was soon the destination of all tourists who visited Nepal and within three decades it has become the major tourist attraction after Kathmandu. One of the major attraction that fetch tourists is trekking. Since Pokhara is the best place to set out to the rural villages that are lying in the mountains, many tourist visit Pokhara each year for this purpose. From Pokhara you can enjoy one day trips, short trips and long trips. Under one day trips, you can travel to the place around the valley and enjoy the natural beauty with very friendly people. Short trip means the trek lasting for about a week and the treks that take more than a week are categorized as long trips. Dhampus Pokhara- sarangkot- Naudanda- Dhampus – Pokhara (2 days) This route is popular both for mountain and sunrise view and to experience the Nepalese village life. The view point, Sarangkot offers the excellent panoramic view of Annapurnas and the sunrise while Naudanda offers the dramatic view of the twin tails of Machapuchhre (Fishtail) and the massif Dhaulagiri view. We walk through the Kaskikot village ,Naudanda village and the culturally rich Dhampus village where the view of Annapurnas seems very close and we can feel the cool and fresh air of the mountains. Pokhara-Dhampus –Naudanda-Pokhara (1 day) The main focus of the hike in this area is the scenic beauty of Naudanda and the ancient traditional culture and the great panoramic view of mountains from Dhampus village. While walking we pass through the diverse forest with the rhododendron and wild orchid flowers. We walk through the terraced rice fields and through the stone houses with thatched roofs.


धम्पुस

 माछापुच्छे्रबाहेक अन्नपूर्ण हिमाललाई पनि नजिकैबाट नियाल्ने हो भने धम्पुस रोजाइको गन्तव्यमा पर्छ।

अधिकांश पर्यटक माछापुच्छे्र हेर्न पोखरा जान्छन्। तर, माछापुच्छे्रको असली दृश्यावलोकन गर्ने हो भने धम्पुसजस्तो राम्रो ठाउँ अरू कुनै छैन। माछाको पुच्छर आकारको टुप्पो भएकाले यसको नाम माछापुच्छे्र भएको हो भनेर तपाईंले पढ्नुभएकै होला, धम्पुस जानुस् देख्नु पनि हुनेछ।

प्रवेशः     पोखरा

यातायातः ट्याक्सी, बस, पैदल

बासः      होटल, क्याम्प

अवधिः    १-२ दिन

आकर्षणः   माछापुच्छ्रे र गुरुङ संस्कृति

उचित मौसम    असोज-वैशाख

खर्चः      रु.३००-रु.७०० (प्रति दिन)

उचाइः     १७५० मीटर

 

धम्पुस पुग्न सजिलो छ, पोखराबाट जम्मा २५ किलोमिटर पश्चिम। पोखराको बाग्लुङ बसपार्कबाट बाग्लुङ जाने बस छुट्छन्। यहाँबाट सार्वजनिक बस समातेर वा ट्याक्सी लिएर आधा घण्टामै फेदी पुग्न सकिन्छ। यहाँबाट शुरु हुन्छ, जङ्गलले घेरा हालेको उकालो बाटोमा पदयात्रा। छिटो हिँड्नेलाई एक घण्टा, ढिलो हिँड्नेलाई दुई घण्टा, त्यसपछि आइहाल्छ- गन्तव्य धम्पुस!

धम्पुसबाट देखिने हिमालमात्र होइन, पोखराबाट फेदीसम्म गाडीमा यात्रा गर्दा देखिने फाँट, खोलाहरू पनि कम मनमोहक छैनन्। फेदीमा भएका होटलहरूमा सजाएर राखिएका सुकुटी देख्दा नखाई बस्नै सकिँदैन। डाँडा पुग्नासाथ शुरु हुने धम्पुसका होटल, सफावस्ती र स्वागत गर्न बसिरहेका धम्पुसबासीको व्यवहारले पर्यटकलाई यसरी लोभ्याउँछ कि एक रातका लागि जानेलाई पनि बसाइँ लम्ब्याउन मन लाग्छ। रात बस्न धम्पुसमा सफा, सुग्घर र सस्ता होटलहरू पाइन्छन्।

 

१७५० मिटर अग्लो धम्पुसमा कोदो, धान, आलु, सागको राम्रो उब्जनी हुन्छ। रासायनिक मल बिनाको तरकारी, झवाइँखट्टे (घ्यूमा चामल झानेको कोदोको रक्सी) सुकुटी, लोकल कुखुरा खाँदै हिमालको सौन्दर्य नजिकबाट नियालेर बस्नु कम आनन्ददायी हुँदैन। यहाँको मौसम पनि गज्जबको छ, न धेरै जाडो न गर्मी।

फेदीमा पुग्नासाथ उकालो चाडनु पर्छ,रमाइलो, खाना या चिया, जुसका स्टल उकालोमा ठाउँ ठाउँमा पाइन्छ।

माथि गन्तव्य धम्पुस नपुगुञ्जेल बाटो ठाडो छ, तर विस्तारै हिँड्नेले पनि दुई घण्टामा पार गर्दछ।

जामुने डिल आइपुग्दा थकाइ लाग्छ,, तर बाटो एकतिहाइ मात्र सकिन्छ।

धम्पुस तमु अथवा गुरुङ क्षेत्रको माझमा रहेको गाउँ। त्यहाँ गुरुङले मीठो खाना र सफा रुमसहितको लज चलाउनुभएको छ। हाम्रा यात्रुल।इ गाउँले त्यही भेकको गुरुङ भेषभुषामा आफू पनि नाच्छन  र अरुलाई पनि मन्त्र मुग्ध तुल्याउछन ।


अन्नपूर्ण हिमश्रृंखला, माछापुच्छ्रे, मनास्लु, धौलागिरी र मर्दी हिमालको शिरदेखि फेदसम्म हेर्न चाहनुहुन्छ - यति धेरै हिमश्रृंखलाहरु एकै ठाँउबाट मन अघाउने गरि हर्न पाईने शायदै ठाँउ होलान् । फागुन चैत्रको महिनामा लालिगुराँस र वषर्ातको समयमा बनैभरी सुनगाभा र सुनाखरी देख्न पनि पाईन्छ । बस्नका लागी सुविधायुक्त होटलको व्यवस्था साथसाथै होम स्टेको सुविधा पनि पाईन्छ । एक सय रुपैँया भाडा, पोखराबाट मात्र २२ किलोमिटर उत्तरपश्चिम, यो ठाँउ हो धम्पुस ।

धम्पुसलाई आजभोली पोखराको नगरकोट पनि भन्ने गरिन्छ । पोखराबाट सबैभन्दा नजिकको पर्यटकीय क्षेत्र धम्पुस घुम्न आउने पर्यटकका लागी स्थानियबासीहरुले साँस्कृतिक प्रदर्शनी समेत गर्दै आएका छन् । पोखराबाट २२ किलोमिटर उत्तरपश्चिम धम्पुस माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमश्रृखला अवलोकनका लागि प्रख्यात छ । यदि तपाईँ घाम रापिएपछि यो ठाँउमा पुग्नुभयो भने मन अघाउन्जेल हिमाल अवलोकन गर्नबाट बञ्चित पनि हुन सक्नुहुन्छ । किनभने घामको राप संगै हिमालहरु आफ्नो सौर्न्दर्य लुकाउन थाल्छन्, बादलको कपडाले र्घलप्पै शरिर बेरेर ।

धम्पुसमा रात बिताउनका लागी कुनै समस्या छैन । यहाँ सेन्चुरी पर्यटन व्यवसायी समिति अन्तरगतका १९ भन्दा बढि होटलहरु तपाईलाई सत्कार गर्नका लागी तम्तयार छन् । एकै पटकमा ३ सय भन्दा बढि पर्यटक धम्पुसले धान्न सक्छ । नेपालीहरुका लागी विशेष छुटको व्यवस्था सहित सेन्चुरी पर्यटन व्यवसायी समितिले यहाँका सम्पूर्ण होटलमा एकै दरको मेनु बनाएको छ । बिदेशी पर्यटकका लागी भने केहि महंगो पर्न सक्छ । धम्पुसमा रात बिताउने हो भने एकाबिहानै अर्गानिक चियाको चुस्की संगै हिमश्रंखलाहरु मन अघाउन्जेल हेर्न पाईन्छ ।

धम्पुस घुम्न आउँदा छुटाउनै नहुने ठाँउ हो धम्पुस देउराली । गाउँबाट ५ मिनेटको उकालो हिँर्डाईपछि पुगिन्छ देउरालीमा । धम्पुस देउरालीबाट सबैभन्दा राम्रो कुरा भने फेवाताल देखिन्छ । फेवातालको मुहानदेखि पुछारसम्मको दृष्य हेर्दा आनन्द महशुस हुन्छ । फेवाताललाई पृष्ठभुमी पारेर आफ्नो अनुहार क्यामेराको फ्रेममा सजाउनका लागी जो कोहि पनि यो ठाँउमा पुगेपछि छुटाउदैनन् । यतिबेला तपाई धम्पुस जानुभयो भने जंगलभरी प्रत्येक रुखबाट सुनगाभा र सुनाखरीले तपाईलाई स्वागत गर्न कुरेर बसेका हुन्छन् ।

कविवर माधव घिमिरेले चारुचर्चा नामक पुस्तकमा यसरी लेखेका छन्-''एक दिन लेकको गुराँस, पखेराकी उत्तिसलाई माग्न गयो । उसको बाबुले 'तँजस्तो गँडखैरे मेरी कलकलाउँदी छोरी माग्न आउने -' भनेर हप्कायो । तर वैशाख महिनामा त्यही गँडखैरे गुराँस फूल लागेर बैंसको लालीले भरियो । त्यो देखेर उत्तिसकी छोरीले भनी, 'यति राम्रो केटालाई पनि हाम्रा बाबुले किन फर्कार्ए होलान ।'' यतिबेला तपाई धम्पुस जानुभयो भने लालिगुँरासलाई साँच्चै नै गँडखैरे पाउनुहुनेछ । बैंसको लाली भरिर भरिलो भएको लालिगुँरास हेर्नका लागी तपाई धम्पुसमा बैशाखमै पुग्नुपर्ने हुन्छ ।

भुपी शेरचन राजमार्ग अन्तरगतको नौडाँडा सडकखण्डको नागबेली सडक र तरेली परेका खेतका गह्राहरु देउरालीबाट अति सुन्दर देखिन्छन् । प्राकृतिक छटा संगै विभिन्न धार्मिक मठमन्दिरहरुले पनि यो ठाँउको सुन्दरता अझै बढेको छ । डाँडामा भएका तालहरु पनि यहाँ आउने पर्यटकहरुका लागी आकर्ष लाग्छ । धम्पुसमा तपाईलाई हिँड्न गाह्रो भयो भने घोडाको शयर गरेर पनि घुम्न सक्नुहुनेछ । स्थानिय अर्किड रेष्टुरेन्टका साम गुरुङले मुस्ताङदेखि घोडा लिएर यो सुविधा उपलब्ध गराएका छन् । घोडा चढेर धम्पुस घुमेको मात्र पाँच सय रुपैँया लाग्छ ।

समुद्री सतहबाट १७ सय ७० मिटर अग्लो यो ठाँउ हुँदै अन्नपूर्ण बेस क्याम्पस समेत जान सकिन्छ । धम्पुस, पोथाना, तोल्का, देउराली, घान्दु्रक, झिनुछुन्दुङ, सिनुवा हुँदै अन्नपूर्ण बेस क्याम्प जानका लागी बनेको यो रुट विश्वमै नमुना रुटको रुपमा चिनिन्छ । प्राकृतिक सुन्दरता संगै यहाँका मानिसहरुको मिजासिलो व्यवहार, स्थानिय खानाको परिकार र साँस्कृतिक नाचगानले जो कसैलाई धम्पुसमा दोहोर्‍याएर आउनका लागी आग्रह गर्छन् । त्यसैले,

सुनाखरी सुनागाभा गुँरास जस्तो यो मन
साट्न आउनु धम्पुसैमा हिमाल जस्तो जोवन ......

 
Make a Free Website with Yola.